झगनखबर
चैत १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले आफ्नो राजनीतिक सुरक्षाको लागि राजसंस्था फर्काउने खेलमा लाग्न सक्ने आरोप लगाउनु भएको छ । शुक्रबार धुम्बहाराहीस्थित स्मार्ट मलमा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो आरोप लगाउनु भएको हो ।
सनातन हिन्दुराष्ट घोषणा महाअभियानको बिशेष छलफल कार्यक्रमको आयोजना गरिएको थियो । उक्त छलफल तथा अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले प्रचण्ड आफै आफ्नो राजनीतिक सुरक्षाको लागि राजसंथा फर्काउने बाटोमा लाग्ने खतरा भएको बताउनु भयो । उहाले भन्नु भयो, 'नेपालमा राजसंस्था पुनस्र्थापना भएर प्रचण्ड आफु राजनीतिक सुरक्षीत हुने सुनिश्चित भयो भने प्रचण्डले नै त्यसको नेतृत्व गर्न सक्ने प्रक्षेपण भएको छ, यो सामान्य तहबाट आएको कुरा होइन ।' अझै उथलपुथल हुन बाँकी नै छ भनेर प्रचण्डले बोल्न थाल्नु भएको छ । विश्व परिबेशलाई हेर्दा २००७ साल देखि अहिले सम्म आउदा बाह्य शक्तिहरुले नेपालको राजनीतिलाई प्रभाव परिरहेकै छ पर्नेवाला पनि छ त्यसलाई कसरी जोगाउने भन्ने कांग्रेसको काँधमा रहेको पनि बताउनु भयो ।
सनातन हिन्दुराष्ट घोषणा महाअभियानको छलफलमा सहभागी कांग्रेसका अधिकांश नेताहरुले
सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा
लैजानुपर्ने बताएका छन् । महाअभियानका संयोजक
भण्डारीले कांग्रेसको महासमिति बैठकबाट बहसको विषय बनेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले समेत सदनमा यो
विषयलाई गम्भीर रुपमा लिनुभएको छ, भण्डारीले
भन्नुभयो,–महासमिति बैठकमा लगेको प्रस्तावलाई
स्वीकार गरिसकेको अवस्था छ । अरु दलका साथिहरुले समेत कांग्रेसले लिडरोल लिईदियोस
भन्ने चाहाना व्यक्त गरेको उहाँको भनाई छ । कांग्रेस पार्टीले यो विषयलाई मुल
मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षत्रबाट सुझाव आएको भन्दै
भण्डारीले एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने
बताउनु भयो ।