अनियमित्ता बिरुद्ध अनेरास्ववियुको ध्यानाकर्षण पत्र


झगनखबर

मंसिर १२ । शहरी विकास तथा भवन कार्यालयले ठेक्का रद्ध गरेको  विषयमा अनेरास्ववियु ओखलढुंगाले ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई मंसिर १२ गते मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियुका संयोजक सन्जित तामाङले हस्ताक्षर गरेको ध्यानकर्षण पत्रमा भनिएको छ ।, कार्यालयले  मंसिर १० गते  ठेक्का रद्ध गरिएको सुचना प्रकाशन सम्बन्धि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।  २१ औँ शताप्दीको सुचना र प्रविधिको युगमा विद्युतिय प्रणालीमा नभई हार्डकपी बोलपत्र आव्हान गरी नेपाललाई ढुङ्गे युगतर्फ फर्काउने प्रयासले हामीलाई आश्चर्यचकित बनाएको छ । यस्ता खालका अनियमित्तामा संलग्न जोकोहीलाई पनि कडा भन्दा कडा कार्बाहीको माग गर्दछ । हाम्रो माग सम्बोधन नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिन चाहन्छौ ।, भनिएको छ ।

कार्यालयले कार्तिक १२ गतेको मितिमा सुचना प्रकाशन गरी ओखलढुंगा जिल्लाको लागी ७ वटा र सोलुखुम्बु जिल्लाका लागी १ वटा ठेक्काको हार्डकपी बोलपत्रको सुचना प्रकाशन गरेको थियो । उक्त बोलपत्रको सुचना गोप्य राखी निर्माण व्यावसायीलाई सुचनाबाट बन्चित गरेको भन्दै ओखलढुंगा निर्माण व्यावसायी संघले ठेक्का रद्धको माग राखी निवेदन दर्ता गरेका थिए । यस विषयमा विभिन्न मेडियाले पनि समचार संकलन गरेका थिए । विभिन्न सन्चारमाध्यामबाट समचार प्रकाशन हुन थालेपछि कार्यालयले ठेक्का रद्ध गरी  मंसिर १० गते रद्ध गरिएको सुचना प्रकाशन गरेको थियो


प्रतिक्रिया