८० प्रतिशत जनमतलाई लत्याएर धर्मनिरपेक्ष संविधान बनाईयो : नेता भण्डारी


झगनखबर

चैत २ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले ८० प्रतिशत जनताको जनमतलाई लत्याएर धर्मनिरपेक्ष संविधान बनाइएको आरोप लगाउनु भएको छ । प्रजातन्त्रबादी प्रध्यापक संघले आयोजना गरेको "सनातन धर्म सापेक्ष राष्ट्रको महत्व र आवश्यक्ता" विषयक विचार गोष्ठीमा बोल्दै यस्तो बताउनु भएको हो ।

२०७२ सालमा संविधान निर्माण गर्ने क्रममा सबै जिल्लामा संविधानसभा सदस्यहर जनमत लिन गएको बेलामा ८० प्रतिशत जनताको जनमत लिखित रुपमा हिन्दुराज्य हुनुपर्छ भनेर आएको थियो  । तर त्यसलाई गुपचुप राखेर लोकतन्त्रको बर्खिलाप गर्दै धर्मनिरपेक्ष संविधान बनाउनु पर्ने अवस्था कसरी  र किन आयो ? 'उहाले प्रश्न गर्नु भयो ।' संविधानमा सदीयौ देखि मानीआएको धर्मलाई जगेर्ना गरिनेछ भनेर भ्रम फैलाएको पनि आरोप लगाउनु भएको छ । नेपाली कांगेसको महासमिति बैठकमा नेपाल हिन्दु राज्य बनाउनु पर्छ भनेर हस्ताक्षर संकलन गरेर मुद्दालाई बैठकमा प्रबेश गराउने कार्यको नेतृत्व गर्नु भएका भण्डारीले सबै पार्टी भित्र तरंग फैलाएको बताउनु भयो । कांग्रेसका साथीहरु लगायत एमाले र माओबादीका केहि नेताहरुले कांग्रेसको सहासमिति बैठकमा हिन्दु राज्यको मुद्दा प्रबेश गरेकोमा खुशी भएको र यो ठिक गरेको भन्ने प्रतिकृया आएको बताउनु भयो ।

 ‘हिन्दुराष्ट्रको विषय अन्र्तराष्ट्रिय रुपमा समेत चर्चायोग्य भएको छ’,  'उहाले भन्नु भयो ।' यो विषयले नेपालमा मात्र होइन विश्वमै तरङ्गीत बनाएको छ ।  शुक्रबार वाल्मीकि विद्यापीठमा सनातन धर्म सापेक्ष राष्ट्रको महत्व र आवश्यकक्ता विषयक विचार गोष्ठी गरिएको थियो । उक्त विचार गोष्ठीमा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा डिला संग्रौला, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपक प्रकाश बाँस्कोटा लगायत प्रध्यापकहरुले आफ्ना धारण राखेका थिए ।

प्रतिक्रिया