प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल


झगनखबर

मंसिर १२ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णयअनुसार सभापति शेर बहादुर देउवाले मंगलबार नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा ४२, () () बमोजिम  स्वतः विघटन भई रिक्त रहेको सेनानी संघको अध्यक्षमा दाहाललाई नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली कांग्रेसको विधान बमोजिम रिक्त रहेको पदमा नियुक्त गरी विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया