झगनखबर
बैशाख १५ ।
ओखलढुंगाका विभिन्न ठाउँका सामुदायिक तथा निजी वनमा आगलागीका घट्ना बृद्धि हुँदै
गएका छन् । हिँउद महिनाको सुख्खा याम शुरु भए सँगै वनमा डँढेलोका घट्नाहरु बृद्धि
हुँदै गएका हुन् । बैशाख महिना लागेपछि दैनिक जसो वनमा डँढेलोका घट्नाहरु थप हुँदै
गएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याँक अनुसार बैशाख महिनामा दैनिक
११ वटा सम्म सामुदायिक तथा निजी वनमा आगलागी भईरहेका छन् ।
यो समचार तयार पार्दा
सम्म जिल्लामा ६ वटा स्थानका वनमा आगलागी
भईरहेको छ भने पाँच दिन देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । चम्पादेवी
गाउँपालिका वडा नं ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायि वन र मानेभञ्ज्याङ्ग
गाउँपालिका वडा नं ४ झम्कु सामुदायिक वनमा बैशाख ११ गते देखि लागेको आगो अझै
नियन्त्रणमा आउन सकेको छैन । उक्त दुवै ठाउँको जंगलमा लागेको आगोले तत्काल मानव
वस्ति भेट्ने संभावना नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
त्यसै गरी बैशाख १२
गते देखि लागेको सुनकोशी गाउँपालिका वडा नं १० को सन्सारी सामुदायिक वनको डाढेलो
पनि नियन्त्रणमा आउन सकेको छैन । ढाड सामुदायिक वन सिद्धिचरण नगरपालिका–१, ज्यामिरे सामुदायिक
वन नगरपालिका–९ र गरिवी निवारण सामुदायिक वन सुनकोशी–४ मा १२ गतेदेखि
लागेको डँढेलो पनि नियन्त्रणमा आउन सकेको छैन । सबै आगलागी भएका वनमा स्थानियबासी
र प्रहरीको टोली समेतले आगो निभाउने प्रयास गरिरहेको बताएका छन् । तत्काल
गाउँवस्तिमा आगो जान सक्ने संभावना नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी
एवं प्रहरी निरिक्षक बलिस्टार सिंहले जानकारी दिनुभयो । स्थानिय नागरिक भने
त्रासमा बसीरहेको बताएका छन् ।