सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज


कातिक ४ । अमेरिकालाई हराउँदै नेपालले टी २० आई सिरिजको दोस्रो खेल जितेको छ ।  सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक खेल सँगै  एक खेलअगावै सिरिजमाथि जितेको हो । निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाएका हुन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय ७० रन बनाएको थियो । १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बनेका छन्  ।

प्रतिक्रिया